भोजपुर । स्थानीय तहहरुले आफनो पाठयक्रम निर्माण गरि रहदाँ भोजपुरको पूर्वी अरुण गाउँपालिकाले पनि स्थानीय पाठयक्रम निर्माण गरेको छ ।
पालिकाले भाषा, धर्म, सस्कार, संस्कृती, पर्यटन लगायत महत्वका विषयबस्तुलाई समेटेर स्थानीय पाठयक्रम निमार्ण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा रहेर स्थानीय संस्कृती, पर्यावरण, ऐतिहासीक तथा पुरात्तात्वीक स्थल, स्थानीय सरकार, धार्मिक महत्वका स्थलहरु, वनजंगल सवै क्षेत्रलाई समेटेर स्थानीय पाठयक्रम तयार पारेको पालिका शिक्षा शाखा प्रमुख मोहन कुमार साउदले बताउनुभयो ।
पालिकाले तयार गरेको सोही पाठ्यक्रमलाई अरुणको सेरोफेरी नाम दिईएको छ भने पालिका भरीका कक्षा १ देखि ८ सम्म आगामी शैक्षिक सत्र बिद्यालयहरुमा पठनपाठन सुरु गरिने छ । स्थानीय पाठ्यक्रम पालिका भित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक र सरोकारवालाहरुको राय सुझाव तथा सल्लाह अनुसार तयार पारिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो ।
स्थानीय पाठयक्रमले स्थानीय तहमा भएका ऐतिहासिक बिषयबस्तुहरुलाई पनि उजागर गर्न मद्धत मिल्ने अध्यक्ष खत्रीको भनाई रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts