अख्तियारद्वारा स्वास्थ्य चौकीको पर्खाल निर्माणमा भएको अनियमिततामा मुद्दा दायर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ११ स्थित स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन आधारमा सो नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, इञ्जिनियर पदमबहादुर बुढा र सव-ओभरसियर (करार) गडबहादुर बुढाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगमा परेको निवेदनका आधारमा अनुसन्धान गर्दा ग्याबिन पर्खाल निर्माण कार्य गर्दा हुँदै नभएको कार्यलाई नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र झुट्टा भरपाई बनाई सात लाख ५७ हजार ३०७ रुपैयाँ भुक्तानी लिने दिने कार्य गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको छ । उनीहरूविरुद्ध आयोगले सोही रकम बराबरको बिगो माग गरी मुद्दा दायर गरेको हो ।

यसैगरी, सोही नगरपालिकाका तत्कालीन नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, १३ नं. वडा कार्यालयका तत्कालीन वडा अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरू हजरकला कामी र हरिनी नेपालीले हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन पेस गरी रकम भुक्तानी लिने दिने कार्यमा संलग्न रहेको आयोगले जनाएको छ ।

ADVERTISEMENT

आयोगका अनुसार सोही नगरपालिका वडा नं. ११ का तत्कालीन वडा अध्यक्ष दानबहादुर बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरी सात लाख ५७ हजार ३०७ रुपैयाँ रकम हिनामिना भ्रष्टाचार गरेको आरोप छ ।

यसैगरी, उपभोक्ता समितिका अध्यक्ष जीवनबहादुर बुढा, सचिव केशबहादुर बुढा र कोषाध्यक्ष सृजना बढुवालले स्वास्थ्य चौकी ग्याबिन पर्खाल निर्माण कार्य गर्दा झुट्टा भरपाई बनाई रकम भुक्तानी लिने दिने कार्य गरी सात लाख ५७ हजार ३०७ रुपैयाँ रकम हिनामिना गरेको आयोगको भनाइ छ । उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज