दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आयोजक दक्षिण अफ्रिका आठौं संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो ।

ADVERTISEMENT

केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो ।

अब आइतबार हुने फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खेल्नेछ । पहिलो सेमिफाइनलमा भारतलाई ५ रनले हराउँदै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?