डि मारियाको ह्याट्रिकमा युभेन्ट्सको सहज जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । अर्जेन्टिनी स्टार एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्डको दोस्रो लेगमा ३–० ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो ।

नान्टेसमा बिहीबार राति भएको खेलको पाँचौं मिनेटमा डि मारियाले निकोलो फाजिओलीले पासमा गरेको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता दिलाएका थिए ।

ADVERTISEMENT

पेनाल्टी बक्समा मारियाले गरेको प्रहारलाई हातले रोके रेफ्रीले निकोलस पालोइसलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसपछि १० खेलाडीमा सिमित भएको नान्टेस बिरुद्ध उनले पेनाल्टी सुटआउटमार्फत २–० को अग्रता दिलाए ।

डुसान भ्लाहोभिचको पासमा ७८औं मिनेटमा डि मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *