काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहनुभएका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयता एक स्थान तल खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले अपडेट गरेको एकदिवसीय अन्तर्राष्ट्रियको नयाँ वरीयतामा सन्दीप लामिछाने ३१औँ स्थानमा रहनुभएको छ ।
बलिङतर्फ नै सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले शीर्ष एक सयभित्र स्थान बनाउनुभएको छ । सोमपाल र दीपेन्द्र यसअघि एक सयभन्दा तल रहनुभएको थियो । सोमपाल ९२औँ र ऐरी ९४ औँ स्थानमा रहनुभएको छ ।
ब्याटिङतर्फ कप्तान रोहित पौडेल एक स्थान तल खस्किएर ६७ औँ स्थानमा पुग्नुभएको छ । ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सयभित्र स्थान बनाउनुभएको छ । ज्ञानेन्द्र ८६औँ तथा आसिफ ९४औँ स्थानमा रहनुभएको छ । एकदिवसीय वरीयतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता