काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम(एनआरटी)ले क्यामरुनका तीन खेलाडीलाई अनुबन्ध गरेको छ । एनआरटीले क्यामरुनका फरवार्ड निकोलस सेर्जी सङ, मिडफिल्डर स्टेफेन जुनियर एनगुमबोउस र डिफेण्डर जिन एनिसेन्ट एमबौमीलाई अनुबन्ध गरेको हो । एनआरटीले सामाजिक सञ्जालबाट विदेशी कोटामा तीन क्यामरुनी खेलाडीलाई अनुबन्ध गरेको जनाएको हो ।
क्लबलले एक सिजनका लागि उहाँहरूलाई अनुबन्ध गरेको हो । एनआरटीले यसअघि नयाँ सिजनको लिगका लागि भारतीय फरवार्डद्वय सैभिस सिंह र लालनुन्जामा कोल्नेलाई समेत अनुबन्ध गरिसकेको छ । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।






