प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५औँ वर्षको उमेरमा निधन भएको छ । दम रोगबाट पीडित ताल्चाभँडेलको आफ्नै निवास कालिमाटीमा आज निधन भएको उहाँका भाइ नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता राजेन्द्रमान ताल्चाँडेलले जानकारी दिनुभयो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा र चार छोरी हुनुहुन्छ ।

विसं २०१३ सालमा भएको भद्र अवज्ञा आन्दोलनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएका ताल्चाभँडेलले विसं २०१८ पछि राष्ट्रिय समाचार समिति (रासस)को सिन्धुपाल्चोक समाचारदाता भएर पनि काम गर्नुभएको थियो । जिल्लाकै पहिलो पत्रकारका रुपमा काम गर्नुभएका ताल्चाभँडेललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुपाल्चोक र नेपाल प्रेस युनियन जिल्ला शाखाले पनि सम्मान गरेका थिए ।

ADVERTISEMENT

विसं २०२५ पछि पूर्णरुपमा राजनीतिमै सक्रिय हुनुभयो । उहाँ विसं २०४३ मा प्रजातान्त्रिक समूहका तर्फबाट सिन्धुपाल्चोकको तत्कालीन नवलपुर गाउँ पञ्चायतको प्रधानपञ्च भएर काम गर्नुभएको थियो । ताल्चाभँडेलले विसं २०४९ र २०५४ मा पनि नवलपुर गाउँ विकास समितिको अध्यक्ष भएर काम गर्नुभएको थियो । ताल्चाभँडेल पछिल्लो समय नेपाल प्रजातन्त्र सेनानी सङ्घमा क्रियाशील हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?