नेपाल र भारतबीच बराबरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल र भारतको महिला राष्ट्रिय फुटबल टोलीबीच भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ । शनिबार भएको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको हो । यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेल दुई-दुई को बराबरीमा टुंगिएको थियो ।

भारतको चेन्नाईस्थित जवाहरलाल नेहरू स्टेडियमा शनिबार भएको खेलमा दुवै टोलीले पटक-पटक पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गर्नुभएको थियो ।

ADVERTISEMENT

नेपाल र भारत दुवैले महिला ओलम्पिक छनोटको पहिलो राउण्डको खेलको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन् । छनोटको पहिलो राउण्डमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपाल रहेको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका छन् । भारत रहेको समूह ‘जी’ मा तुर्कमिनिस्तान र किर्गिस्तान छन् । ओलम्पिक छनोट अप्रिलमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *