न्युकासललाई लिभरपुलले हरायो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले न्युकासललाई २–० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे पछि लिभपपुलले सहज जीत निकालेको हो ।

ADVERTISEMENT

खेलको १०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । लगतै, १७ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

खेलको २२ औं मिनेटमा गोलकिपर निक पोपले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो । यस जितसँगै लिभरपुलले २२ खेलमा ३५ अंक जोडेर आठौं स्थानमा रहेको छ भने न्युकासल ४१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *