शीर्ष स्थानको बायर्न पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । शीर्ष स्थानमा रहेको बायर्न म्युनिख ३-२ गोलले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३-२ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । तर, ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

उता, खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २(१ को अग्रता दिलाए। ८४ औं मिनेटमा पुग्दा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३-१ को अग्रता दिलाए ।

ADVERTISEMENT

त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले थप एक गोल गरे पछि मन्छेनग्लाडबाख ३-२ ले विजयी भयो ।

बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेर आठौं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?