भारतमा किरणको टोली विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित पञ्जाब एफसीले आई लिगमा जित हासिल गरेको छ । पञ्जाबले एजवाल एफसीलाई एक-शुन्य ले हराएको छ । पञ्जाबका लागि ५३औँ मिनेटमा चेन्चो ग्यात्सेनले गोल गर्नुभएको थियो । जुन निर्णायक बन्यो । किरण खेलको अफ दी म्याच घोषित हुनुभयो ।

यस्तै, अर्का खेलाडी अञ्जन विष्ट सम्मिलित केन्क्रे भने अंक तालिकाको पुछारमा रहँदै सुदेवा दिल्लीसँग तीन-एक ले पराजित भयो । अञ्जनले सुरुवात गरेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । आर लालबेलियानाले ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । सिलेन्थाङ लोटजेमले ६७औँ र ७७औँ मिनेटमा गोल गरेको खेलमा केन्क्रेका लागि सामान्दार ओचिलोभले ७४औँ मिनेटमा गोल गर्नुभएको थियो ।

ADVERTISEMENT

१७ खेलमा ३७ अंकका साथ किरणको टोली पञ्जाब दोस्रो स्थानमा छ । समान अंक भएको श्रीनिदी डेकन गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । आइजवाल २३ अंकसहित छैटौँ स्थानमा छ । सुदेवा जितका साथ नौ अंकसहित अंक तालिकाको पुछारमा छ । १२ टोलीको सहभागिता रहेको आई लिगमा केन्क्रे १४ अंकका साथ ११औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *