मिलानको जितमा जिरुडको निर्णायक गोल

Read Time = 1 min

टुरिन । फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि एक-शून्यको जित हात पारेको छ । मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो । जिरुडले ६२औँ मिनेटमा हेडमार्फत् गोल गर्नुभएको थियो ।

ADVERTISEMENT

उहाँले हर्नान्डेजको पासमा गोल गर्नुभएको हो । यस जितसँगै मिलान छैटौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग दुई तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । पराजित टोरिनो ३० अंक जोडेर सातौँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *