महिला टोलीको सहायक प्रशिक्षकमा पारस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पारस चौधरी नेपाली राष्ट्रिय महिला फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पारसलाई महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । आगामी भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि एन्फाले चौधरीलाई महिला टिमको सहायक प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

ADVERTISEMENT

नेपाली टोलीको मुख्य प्रशिक्षकमा अनन्तराज थापा हुनुहुन्छ । एन्फाका महसचिव किरण राईले चौधरीलाई नियुक्तिपत्र प्रदान गर्नुभयो । नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुवरी १३ देखि २५ को बीचमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *