साफ यू-२० महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज (बिहीबार) आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५स्४५ बजे सुरु हुनेछ ।

बंगलादेश शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

ADVERTISEMENT

बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेर फाइनमा स्थान बनाएको हो ।

यसअघि मंगलबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन । तर, नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीविरुद्ध कडा टक्कर दिने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *