राष्ट्रिय वाणिज्य बैंक क्वाटरफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल आयल निगम ‘बी’, नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण ‘ए’ र ‘बी’, नेपाल विद्युत् प्राधिकरण ‘ए’ र ‘बी’ तथा एभरेष्ट बैंक पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भए । फुटसल बुधबार सम्पन्न हुनेछ ।

ADVERTISEMENT

माघ २६ गतेदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु हुने पेस्डानका महासचिव एवं ब्याडमिन्टनका संयोजक रामविनय श्रेष्ठले जनाउनुभएको छ । फुटसल र ब्याडमिन्टनको कुल पुरस्कार राशि २ लाख २५ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *