राजर्षि जनक फुटबल आजबाट, पहिलो खेलमा जावलाखेल र एपिएफ भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सर्लाही । मधेस प्रदेशको चर्चित राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण उदघाटन खेल बुधबार सुरु हुँदै छ ।

उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले उदघाटन गर्ने उक्त पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल एपिएफ क्लब आपसमा भिड्ने छन् ।

ADVERTISEMENT

वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने उक्त खेल १२ दिनसम्म चल्नेछ ।

प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी दिनुभयो । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *