देशाई मुख्य प्रशिक्षक नियुक्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । भारतीय मोन्टी देशाई नेपाली क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले देशाईलाई सोमबार नेपालको मुख्य प्रशिक्षकमा औपचारिकरूपमा नियुक्त गरिएको जानकारी दिएको हो ।

मोन्टी माघ १४ मा नेपाल आइपुग्नुभएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता नदिएका कारण क्यानले देशाईलाई सार्वजनिक गरेको थिएन । यद्यपि देशाईले यसअघि नै नेपाली टोली सम्हालिसक्नुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आहृवान गरेको आवेदनमार्फत् उहाँलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । क्यानले आहृवान गरेको आवेदनमा कुल २४ जनाले निवेदन दिएका थिए । जसमा देशाईसँगै पूर्वमुख्य प्रशिक्षक डेभ हृवाटमोर, श्रीलंका तीव्र गतिका बलर धाम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी-२० टोलीका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग क्यानले अन्तर्वार्ता लिएको थियो । त्यसमध्येबाट देशाईलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।

देशाईले यसअघि पनि ब्याटिङ परामर्शदाताका रूपमा नेपाली टोली सम्हालिसक्नुभएको छ । उहाँको प्रशिक्षकत्वमा नेपाली यू–१९ टोलीले चार वर्षअघि भारतलाई पराजित गरेको थियो ।

देशाई यसअघि वेस्ट इण्डिजको ब्याटिङ प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँको सम्झौता सकिएसँगै उहाँ नेपालको प्रशिक्षक नियुक्त हुनुभएको हो । वेस्ट इण्डिजबाहेक उहाँसँग अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्स, राजस्थान रोयल्स, पञ्जाब किंग्सको प्रशिक्षक भइसकेको अनुभव छ ।

ADVERTISEMENT

दुई हप्तापछि घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपालले स्कटल्याण्ड र नामिबियासँग आइसिसी विश्वकप लिग दुई त्रिकोणात्मक ओडिआई सिरिज खेल्दैछ । उक्त सिरिजको तयारी देशाईले गराउनुहुनेछ ।

उक्त सिरिजको बन्द प्रशिक्षणको टोली घोषणा भइसकेको छ । बन्द प्रशिक्षणमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद रहनुभएको छ ।

पहिलो चरणमा प्रशिक्षणमा नभएका प्रतिश जिसी र सन्दीप लामिछानेलाई भने अन्तिम २० मा बोलाइएको छ । प्रतिश जिसीले प्रशिक्षणमा राम्रो गरेपछि टोलीमा बोलाइएको हो । बलात्कार आरोप लागेका पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले प्रशिक्षणमा सामेल गर्ने निर्णय लिएको हो ।

सिरिजको पहिलो खेलमा नेपालले फेब्रुअरी १४ मा नामिबियासँग खेल्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।

सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौँ स्थानमा छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *