साफ यू-२० महिला च्याम्पियनसिप- बंगलादेशसँग खेल्दै नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साफ २० वर्षमुनिको महिला च्याम्पियनशिप आज (शुक्रवार)देखि सुरु हुँदैछ ।

बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

ADVERTISEMENT

नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीकी सदस्य समेत हुनुहुन्छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *