भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा सर्वाधिक राशीको अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप संचालन हुने भएको छ । जिल्ला कै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी चैत्र ९ देखि १५ गतेसम्म संचालन हुन लागेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनु भयो ।
भोजपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी र प्रचार प्रसारको काम शुरु गरिएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष सुवालले बताउनु भयो । भोजपुर नगरपालिका भोजपुरको मुख्य प्रायोजन यस भन्दा अगाडी पाँचौ संस्करणसम्मका खेलहरु संचालन भई सकेका छन । नेपाल भित्रका मात्र नभएर आमन्त्रणकारुपमा बाहिरी मुलुकका टिमलाई समेत सहभागीता हुने गरी प्रतियोगिताको तयारी थालिएको अध्यक्ष सुवालको भनाई रहेको छ ।
अध्यक्ष सुवालले भन्नुभयो, “बिगतमा पनि संचालन भएको प्रतियोगिता जिल्ला कै प्रतिष्ठा भएकाले यसलाई तोकिएको समयमा नै संचालन गर्नका लागि सबैको सहयोगको अपेक्षा पनि गरेका छौ ।” सर्वाधिक राशीको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा