काठमाडौं । म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा पुगेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो।
पहिलो लेगमा युनाईटेडले ३-० को अग्रता बनाएको थियो । दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले एकरएक गोल गरे ।
अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग भिड्नेछ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts