पीएसजीले सहज जित निकाल्दा पेनाल्टीमा चुके एमबाप्पे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३-१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर-मेरीले एक/एक गोल गरे ।

मोन्टपेलियरविरुद्ध सहज जित निकालेको खेलमा केलियन एमबाप्पे दुई पटक पेनाल्टीमा गोल गर्न चुके ।

खेलको दशौँ मिनेटमा एमबाप्पेको पहिलो प्रहार मोन्टपेलियरका गोलकिपरले बचाए । तर, रेफ्रीले एमबाप्पेलाई पुनः पेनाल्टी हान्ने अवसर दियो ।

ADVERTISEMENT

दोस्रो पटक एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा आएको बललाई एमबाप्पेले फेरि बाहिर प्रहार गरे।

यस्तै चोट बोक्दै एमबाप्पे खेलको २१ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए । जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *