काठमाडौं । अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले जनाउनुभएको छ ।
आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गर्नुभयो । सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता