हिमालय रोडिज सिजन-५ को डिजिटल अडिसन खुल्ला

Read Time = 3 mins

काठमाडौं । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनको औपचारिक घोषणा गरेको छ। उक्त पत्रकार सम्मेलनमा होस्ट तथा प्रोमो सार्वजनिक गरिएको थियो । साथै अडिसन खुला भएको जानकारी दिइएको छ।

नयाँ सिजनको होस्टको रुपमा चर्चित टेलिभिजन पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीको प्रवेश भएको छ। निर्देशक सुनुवारले दुई सातामा पुनः गरिने पत्रकार सम्मेलनमार्फत जजहरू सार्वजनिक गरिने र प्रायोजकसँग सम्झौतासमेत गरिने जानकारी दिनुभयो।

देश(विदेशका नेपालीले रोडिजमा आफ्नो क्षमता प्रमाणित गर्ने चिनारी भिडियोसहित आवेदन दिन सक्ने निर्देशक सिमोस सुनारले बताउनुभयो । प्राप्त आवेदनमध्येबाट १०० जनाले फिजिकल अडिसनमा भाग लिन पाउनेछन् । जसमध्येबाट विभिन्न चरण पार गर्दै १६ जनाले मात्र फाइनलमा प्रवेश पाउनेछन् ।

पाँचौं सिजनको थिममा भने ‘जर्नी टु एक्सट्रिम’ राखिएको छ । टास्कहरू चुनौतीपूर्ण ढंगले आयोजना हुने भएकाले उक्त थिम राखिएको निर्देशक सुनुवारले उपस्थित पत्रकारहरूलाई जानकारी दिनुभयो ।

ADVERTISEMENT

नयाँवर्ष २०८० सालदेखि शो प्रसारणको तयारी रहेको हिमालय टीभीका महाप्रबन्धक गोविन्द ढकालले जानकारी दिनुभयो भने उक्त टीभीसँग अन्य अन्तर्राष्ट्रिय रियालिटी शोहरू पनि पाइपलाइनमा रहेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा होस्ट ठकुरी र हिमालय टीभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापछि मिडियासँग कुरा गर्दै ठकुरीले आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताउनुभयो ।

सार्वजनिक भएको प्रोमोमा ठकुरीलाई चित्रण गरिएको छ । निर्देशक सुनुवारले अघिल्लो सिजनभन्दा नयाँमा टास्कदेखि फिचरहरू भिन्न हुने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?