काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा राम्रो काम गरेको बताउनु भएको छ ।
शनिबार शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले अझै ओली सरकारले राम्रो काम गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सय दिन बल्ल पुगेको छ ओली जीको प्रधानमन्त्री कार्यकालको । यहाँ मात्र होइन जहाँ पनि सय दिनको कामको सम्बन्धमा आलोचना प्रत्यारोचना सबै हुन्छ । हाम्रो समग्र सरकार छ । हामी सरकार भएको कारण मैले उहाँलाई भनेको होइन साच्चै राम्रो काम गर्नुभएको छ । मलाई विश्वास छ । अझै यस्तै राम्रो काम गर्नुहुने छ । प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन् । त्यो आलोचनाहरु पनि तथ्यपरक भएर सरकारले ध्यान दिने छ । म पनि ओली जी लाई प्रोत्साहन गर्ने छु ।’ साथै, उनले यो देश ठूला दुई देशको बीचमा रहेकाले प्रधानमन्त्री ओलीले सबै कुरा ध्यानमा राखेर हरेक क्रियाकलापहरू गर्न सक्षम हुने बताउनु भयो।
देउवाले आलोचनालाई पनि गम्भीरताका साथ लिएर अहिलेको सरकारले परिणाममुखी काम गरेर देखाउनुपर्ने बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts