लिभरपुल एफ ए कपको चौथो चरणबाट बाहिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरिएको छ। आइतबार राति भएको खेलमा लिभरपुल ब्राइटनसँग २-१ गोलअन्तरले पराजित हुँदै एफ ए कपबाट बाहिरिएको हो।

खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा लिभरपुल पराजित हुँदै बाहिरिएको हो । खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ३९ औं मिनेटमा लेविस डुन्कले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाए ।

ADVERTISEMENT

यस्तै, आइतबार राति नै भएको खेलमा स्टेभेनेजलाई पराजित गर्दै स्टोक सिटी पाँचौं राउण्डमा पुगेको छ। स्टोकसिटीले स्टेभेनलाई ३-१ गोलको अन्तरले हराउँदै एफ ए कपको उपाधि दौडबाट पाखा लगाएको छ।

आइतबारराति कै अर्को खेलमा रेक्सह्याम र सेफिल्ड युनाइटेडले ३-३ गोलको बराबरी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *