सुष्मालाई सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । थाइल्याण्डको बैंककमा सम्पन्न एएसबिसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । शिरिष फाउण्डेसनले सम्मान गरेको हो । सुष्मा प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग अंकका आधारमा ५ः० ले पराजित हुनुभएको थियो । सुष्माले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

एसियालीस्तरमा कुनै पनि उमेर समूहमा नेपाली बक्सिङ खेलाडीले रजत पदक जितेको यो पहिलोपटक हो । यसअघि एसियन गेम्समा नेपाली खेलाडीले कांस्य पदक जितेका थिए ।

ADVERTISEMENT

सुष्माले यस्तो सम्मानले आउँदा दिनमा अझ राम्रो गर्नका लागि उत्प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले पहिले पनि दुई-तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी थिएँ । जसका कारण यस प्रतियोगितामा पनि सहज भयो । मैले पहिलो खेलमा भियतनामको खेलाडीविरुद्ध खेलेकी थिएँ । त्यसपछि मंगोलियाको खेलाडीसँग खेलेकी थिएँ । मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेँ । उज्वेकिस्तानकी खेलाडी एसियन च्याम्पियन हुन् । फाइनलमा पराजित भए पनि मलाई आगामी प्रतियोगिताका लागि प्रेरणा मिलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *