साउदी । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर टोली साउदी सुपर कपबाट बाहिरिएको छ । सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित हुँदै अल नासर बाहिरिएको हो । योसँगै साउदीमा उपाधि जित्ने रोनाल्डोको लक्ष्य पनि पूरा हुन सकेन ।
विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गर्नुभयो । अल नासरका लागि एन्डरसन टालिस्काले एक गोल फर्काउनुभयो । १५औं मिनेटमा रोमारिन्हो र ४३औं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २-० ले अघि बढाउनुभएको थियो । ६७औं मिनेटमा टालिस्काले एक गोल फर्काउनुभयो । तर इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गर्नुभयो ।
बिहीबारै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हरूायो । सोमबार अल इतिहाद र अल फाएहाबिच फाइनल खेल हुनेछ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts