सेभेन थ्री स्पोर्टससँग सम्झौता गर्दा त्रुटि भयो : क्यान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टी–२० लिगमा आफूहरूबाट त्रुटि भएको स्वीकार गर्नुभएको छ।

बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष चन्दले सम्झौताअनुसार काम गर्न सेभेन थ्री स्पोर्ट्सलाई दबाब नदिनु कमजोरी भएको बताउनु भयो ।
सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्दा त्रुटि भएको स्वीकार गर्दै उहाँले आफूहरूको नियत भने गलत नभएको बताउनु भयो । उहाँले भन्नुभयो, 'श्रम स्वीकृति ढिला भयो । त्यसका कारण एकपछि अर्को विवाद आयो । यसमा क्यानको त्रुटि रह्यो ।’

उहाँले नेपाली क्रिकेटमा ग्रहण लागेको टिप्पणी समेत गर्नुभयो । त्यसलाई सुधार्न सबैको सहयोग आवश्यक रहेको चन्दको भनाइ छ । साथै उहाँले स्पट फिक्सिङमा क्यानका कुनै पनि पदाधिकारीको संलग्न भए आफूहरु कारबाही भोग्न तयार रहेको बताउनु भयो ।

ADVERTISEMENT

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी–२० लिगमा भएको प्रतियोगितामा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ ।

स्पट फिक्सिङको आरोपमा नेपाली क्रिकेटर आदिल आलम र पूर्व क्रिकेटर मोहबुब आलम पक्राउ परेका छन् । उनीहरुसहित १० जनाविरुद्ध मुद्दा चलाउने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?