पाल्पा । पाल्पामा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहनुभएको छ।
घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मंगलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले एक्कासी आक्रमण गरेको थियो ।
भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएका विकको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता