शीर्षमा नेपोलीको फराकिलो अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

लण्डन । इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले १२ अंकको अग्रता कायम गरेको छ । सिरी ‘ए’ अन्तर्गत शनिबार राती भएको खेलमा घरेलु टोली सालेरनिटानामाथि दुई-शून्यको सहज जित निकाल्दै नेपोलीले शीर्षस्थानमा फराकिलो अग्रता बनाएको हो ।

नेपोलीले एसी मिलानलाई १२ अंकले तथा तेस्रो स्थानको इन्टर मिलानलाई १३ अंकले पछि पारेको थियो । स्टेडियो एरेची सालेरनोमा नेपोलीको जितमा जियोभानी डि लोरेन्जो र भिक्टर ओसिमहेनले गोल गर्नुभयो ।

ADVERTISEMENT

पहिलो हाफको इन्जुरी समयमा लोरेन्जोले गोल गर्दै नेपोलीलाई एक-शून्यको अग्रता दिलाउनुभयो । यस्तै, दोस्रो हाफको सुरुमै नेपोलीले अग्रता दोब्बर बनाउनुभयो ।

४८औँ मिनेटमा भिक्टरले गोल गर्दै नेपोलीलाई दुई-शून्यले अघि बढाउनुभयो । यस जितसँगै नेपोलीको १९ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको एसी मिलानको ३८ अंक छ । पराजित सालेरनिटाना १८ अंक जोडेर १६औँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *