नेपालको वरीयता यथावत्

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । नयाँ वरीयतामा विश्वविजेता इंग्ल्याण्ड शीर्षस्थानमा उक्लिएको छ ।

शनिबारमात्र भारतसँग एकदिवसीय सिरिज गुमाएको न्युजिल्याण्ड भने दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानमा भारत रहँदा चौथो स्थानमा अष्ट्रेलिया रहेको छ ।

ADVERTISEMENT

पाँचौँ स्थानमा पाकिस्तान तथा छैटौँ स्थानमा दक्षिण अफ्रिका रहेको छ । यस्तै, बंगलादेश सातौँ, श्रीलंका आठौँ, अफगानिस्तान नवौँ र वेस्ट इण्डिज दशौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *