वेस्ट ह्यामको पहिलो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। जारोड बोवेनको दुई गोलमा इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले एभर्टनलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा वेस्ट हयामले एभर्टनलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको ३४ र ४१औँ मिनेटमा बोवेनले गोल गर्दै टोलीलाई रेलिगेसन जोनबाट बचाएका हुन् ।

ADVERTISEMENT

पछिल्लो तिन महिनामा वेस्ट ह्यामको यो पहिलो प्रिमियर लिग जित हो ।

वेस्ट ह्यामको जितले भने एभर्टनलाई दबाब बढेको छ। एभर्टन १५ अंकमा अंक तालिकाको १९औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *