इराकले जित्यो अरेबियन गल्फ कपको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । ओमानलाई हराउँदै इराकले अरेबियन गल्फ कपको उपाधि जितेको छ ।

इराकको बसरा अन्तर्राष्ट्रिय रंगशालामा भएको रोमाञ्चक फाइनलमा ओमानको चुनौती ३-२ ले पन्छाउँदै घरेलु टोलीले उपाधि जितेको हो ।

ADVERTISEMENT

इराकको जितमा इब्राहिम बायेश, अमजद अत्तवान र मनाफ युनिसले गोल गरे । यस्तै ओमानका लागि सलाह अलर्याह्याई र ओमार अल मल्कीले गोल गरे । यो सँगै इराकले चौथो पटक उपाधि जितेको हो ।

यसअघि सन् १९७९, १९८४ र १९८८ मा उपाधि जितेको थियो । ओमानले सन् २००९ र २०१७ मा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?