हुम्लामा हिमपात भएपछि चिसोले जनजीवन कष्टकर

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको स्थानीय प्रशासनले जनाएको छ ।

यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।

ADVERTISEMENT

हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको जनजीवन थप कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ ।

सदरमुकाम सिमकोटमा पनि बिहानदेखि हिमपातसँगै चिसो पनि बढेको छ । जिल्लाको तापक्रम माइनमा झरेको छ । माघ पहिलो साता हिमपात हुँदा चैत, बैशाखमा खेतमा छर्किने कोदो, चिनु, फापर लगायतको कात्तिके बाली सपिर्ने आशामा हुम्लाका किसान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?