तीन स्रष्टालाई अभिनन्दन गर्दै साहित्यिक पत्रकार संघ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । साहित्यिक पत्रकार संघले संस्थाको स्वर्ण महोत्सवको अवसर पारेर तीन स्रष्टालाई अभिनन्दन गर्ने भएको छ । संघले नेपाली संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान दिएका संस्कृतिविद् डा.जगमान गुरुङ, साहित्यमा योगदान दिएका आख्यानकार गीता केशरी र नाट्यकला क्षेत्रमा योगदान पुर्‍याउनुभएका कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गर्ने जानकारी गराएको हो ।

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको सिफारिश समितिको बैठकले उक्त निर्णय गरेको एक विज्ञप्तिमार्फत जनाइएको छ । सो अभिनन्दनका लागि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन संयोजक, नरेन्द्रबहादुर श्रेष्ठ र नीता श्रेष्ठ सदस्य रहेको सिफारिश समिति बनेको थियो ।

ADVERTISEMENT

विसं २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार संघले यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जंगमलगायतको अभिनन्दन गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *