हुम्ला । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको स्थानीय प्रशासनले जनाएको छ ।
यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।
हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको जनजीवन थप कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीयको भनाइ छ ।
सदरमुकाम सिमकोटमा पनि बिहानदेखि हिमपातसँगै चिसो पनि बढेको छ । जिल्लाको तापक्रम माइनमा झरेको छ । माघ पहिलो साता हिमपात हुँदा चैत, बैशाखमा खेतमा छर्किने कोदो, चिनु, फापर लगायतको कात्तिके बाली सपिर्ने आशामा हुम्लाका किसान छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता