काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपुरलाई पराजित गरेको छ । शुक्रबार बिहान सकिएको खेलमा सिटीले टोटेनहमलाई ४–२ गोलले पराजित गरेको हो ।
पहिलो हाफमा दुई गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अंक जोडेको हो । म्यानचेस्टर सिटीको जितमा जुलियन अलभारेज, एर्लिङ हाल्यान्डले एकएक र रियाद महरेजले दुई गोल गरे ।
टोटेनहम तर्फबाट डेजन कुलासेभाकी र इमर्सन रोयलले गोल गरे । जितसँगै सिटीको १९ खेलमा ४२ अंक भएको छ । सिटी अंक तालिकाको दोस्रो स्थानमा छ ।
२० खेल खेलेको टोटेनहम ३३ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४७ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts