मैत्रीपूर्ण खेलमा रोनाल्डो र मेसी दुवैको गोल, जित पिएसजीको

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमडौं । विश्व फुटबलको दुई स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलिति अल स्टार्सलाई ५-४ ले हराएको छ ।

पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक/एक गोल गरेका थिए । रियाद अल स्टार्सको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा ह्युन सु जाङ र एन्डर्सन टालिस्काले समान एक गोल गरे ।

ADVERTISEMENT

खेलको पहिलो हाफमै जुआन बर्नाटले रातो कार्ड पाउँदा पिएसजी दश खेलाडीमा सिमित बनेको थियो । फ्रेन्च लिग वान च्याम्पियन यतिबेला एसिया भ्रमणमा छ । टोली कतारहुँदै साउदी अरेबिया भ्रमणमा आइपुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *