काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक ठाकुरप्रसाद गुरौसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
रुपन्देहीको साबिक सेमलार गाविस वडा नं. २ (ग), कि.नं. ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरूले पछाडिको मोहडा पट्टिबाट तीन धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई उनीहरूले नक्सा परिवर्तन गरेका थिए । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदाबी गरिएको छ ।
तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौले रुपन्देही जिल्ला, साबिक सेमलार गाविस वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाइ नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार गरेको आयोगको आरोप रहेको छ ।
यस्तै, बुटवल उपमहानगरपालिका-१३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरूले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई दुबे र गुरौलाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको भन्दै उनीहरूलाई पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements