नेपाललाई चार स्वर्णसहित १३ पदक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा चार स्वर्ण, सात रजत र दुई कांस्य गरी १३ पदक जितेको छ । बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भई स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाई दिनुभयो ।

गणेश पाइजा, विनुमाया तामाङ, देवकुमार तामाङ र प्रेमप्रसाद नेपालले स्वर्ण जित्नुभयो । विनुले थप एक रजत पनि जित्नुभयो । राजकुमार पाइजा, लक्ष्मण पुन, विजल पाइजा, मन्दिप खड्का, किशुन साह र समित महर्जनले रजत जित्नुभयो । अमृत तामाङ र शम्भु नेपालीले कांस्य हात पार्नुभयो ।

ADVERTISEMENT

प्रशिक्षकमा साइला गमाल, व्यवस्थापकमा रामकुमार थारु तथा अफिसियलमा सिताराम लामा, तेजेन्द्र पाइजा, पहलमान महर्जन र पुष्पराज गिरी रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?