लिभरपुल एफए कपको चौथो चरणमा

Read Time = 1 min

लण्डन । लिभरपुलले एफए कप फुटबलको चौथो चरणमा स्थान बनाएको छ । उल्भ्सलाई १-० गोल अन्तरले हराउँदै लिभरपुल चौथो चरणमा पुगेको हो । लिभरपुलको जितमा हार्भे इलियोटले निर्णायक गोल गर्नुभयो ।

इलियोटले खेलको १३औँ मिनेटमा थियागोको पासमा गोल गर्नुभयो । गत शनिबार भएको खेलमा लिभरपुल र उल्भ्सले २-२ गोलको बराबरी खेलेपछि यो खेल रिप्लेका रूपमा पुनः खेलिएको हो ।

ADVERTISEMENT

लिभरपुलसँगै वेस्ट बु्रम र लुटोन टाउनले पनि चौथो चरणमा स्थान बनाएका छन् । ब्रिस्टोल सिटी र बिर्मिनघम सिटीले पनि चौथो चरणमा स्थान पक्का गरेका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *