एथलेटिक्सको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको एथलेटिक्स खेलको रेफ्री तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा भएको तालिममा बागमती प्रदेशका १३ जिल्लाका ५५ जना सहभागी थिए । साताव्यापी तालिममा सहभागीलाई एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कान्ति महतो, राजेश बज्राचार्य, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य-सचिव युवराज लामा, दिवाकरलाल अमात्य, डा. ज्ञानेन्द्र शाहलगायतले विविध पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।

ADVERTISEMENT

बागमती प्रदेशले आफ्नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरेको तालिमका सहभागीलाई नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, आयोजक परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गर्नुभयो । सदस्य-सचिव भण्डारीले आगामी दिनमा अन्य खेलको पनि क्रमैसँग तालिम सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *