चौथो चरणमा म्यानचेस्टर सिटी र आर्सनल भिड्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । सोमबार राति अक्सफोर्डमाथि ३–० को सहज जितसहित आर्सनल चौथो चरणमा प्रवेश गरेको हो ।

सिटीले आइतबार चेल्सीमाथि ४-० को जितसहित चौथो चरणमा स्थान बनाएको थियो । आर्सनल प्रिमियर लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा साबिकको विजेता सिटीलाई पाँच अंकले पछि पारेको छ ।

ADVERTISEMENT

एफए कपअन्तर्गत सोमबार राति खेलको ६३औं मिनेटमा मोहम्मद इल्नेसको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै इडी एनकेइटाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । ७६औं मिनेटमा एनकेइटाले आर्सनलको अग्रता ३-० मा पुर्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *