सन्तोषीलाई कखराको सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

दिक्तेल । कखरा प्रि-स्कुलले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सफल भएबापत कखराले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा सन्तोषीलाई सम्मान गरेको हो ।

धादिङकी सन्तोषीले नेपालमै भएको १३औँ सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जित्नुभएको थियो । कखराले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा यसअघि सागका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर तथा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउनुभएका धावक जितबहादुर केसीलाई सम्मान गरेको थियो ।

कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र कखराकी प्रिन्सिपल निशा घिमिरेले सन्तोषीलाई नगद, प्रशंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । सम्मानित सन्तोषीले कखराद्वारा आयोजित खेलकुद प्रतियोगिताहरूमा सहभागी बालबालिकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

ADVERTISEMENT

कखराकी प्रिन्सिपल निशा घिमिरेले खेलकुदका माध्यमबाट श्रेष्ठले आर्जन गरेको नाम, इमान र प्रसिद्धिले कलिला बालबालिकाहरूलाई पनि खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौलाले बालबालिकामा कुनै न कुनै खेलकुदप्रतिको रुचि र प्रतिभा सात वर्ष उमेर पूरा हुनुअघि नै विकसित हुने भएकाले कखराले बालबालिकाको रुचि र प्रतिभालाई समयमै पहिचान गरी सोहीअनुसार विभिन्न खेलकुद क्रियाकलापहरूमा सहभागी गराउने गरेको जानकारी दिनुभयो ।

कखराका अभिभावक, शिक्षकशिक्षिका र कर्मचारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा बालबालिकाहरूले रोमाञ्चक खेलहरू प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *