भारतले जित्यो श्रीलंकाविरुद्धको टी-२० सिरिज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँदिल्ली । भारतले श्रीलंकाविरूद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

शनिबार राति भएको तेस्रो तथा निर्णायक खेलमा श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले हराउँदै घरेलु टोली च्याम्पियन बनेको हो ।

ADVERTISEMENT

जितको लागि २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो। यो सँगै तीन खेलको सिरिज भारतले आफ्नो पक्षमा पारेको हो ।

पहिलो खेलमा श्रीलंकालाई २ रनले हराएको भारत दोस्रो खेलमा १६ रनले पराजित भएको थियो। अब भारत र श्रीलंकाबीच बिहीबारदेखि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरू हुनेछ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?