काठमाडौं । मिडफिल्डर पुजन उपरकोटीले शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब मनाङ मस्र्याङ्दी क्लब छोड्नुभएको छ । राष्ट्रिय टिमका मिडफिल्डरसमेत रहनुभएका पुजनले तीन वर्षपछि मनाङ छोड्नुभएको हो ।
पुजनले सामाजिक सञ्जाल फेसबुकमार्फत् मनाङ छाडेको जनाउनुभएको हो । उहाँ कुन क्लबमा आबद्ध भएको भन्ने चाहिँ खुलेको छैन । मनाङबाट पुजनले ‘ए’ डिभिजन लिगको उपाधिसमेत जित्नुभएको थियो । ‘ए’ डिभिजन लिग नजिकिँदै गर्दा पुजनले मनाङ छोडेपछि क्लबलाई ठूलो धक्का लागेको छ ।






