रोनाल्डो कीर्तिमानी मूल्यमा साउदी क्लबमा अनुबन्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । क्रिस्टियानो रोनाल्डो सन् २०२५ सम्मको लागि साउदी अरेबियन क्लब अल नासेरमा अनुबन्ध भएका छन् । पोर्चुगलका कप्तान रोनाल्डो नोभेम्बरमा विवादास्पद अन्तर्वातापछि म्यानचेस्टर युनाइटेड छाडेका थिए । त्यसपछि फ्रि एजेन्ड थिए ।

सम्झौतासँगै रोनाल्डो कीर्तिमानी मुल्यमा नासेर पुगेका हुन् । नासेरसँग रोनाल्डोले एक सय ७७ मिलियन पाउन्डमा अनुबन्ध भएका हुन् । ३७ वर्षीय रोनाल्डोले फरक देश र फरक लिगमा अनुभव बाढ्न उत्सुक रहेको बताएका छन् ।

‘युरोपिनय फुटबल जित्नबाट टाढा रहेको छु । यो निर्णय नै ठिक छ । मेरो अनुभव एसियामा बाढ्नेछु,’ रोनाल्डोले भनेका छन् ।

ADVERTISEMENT

अल नासेर नौं पटक साउदी प्रो लिग च्याम्पियन भएको छ । साउदीले यो ऐतिहासिक सम्झौता भनेको छ । यो सिजनको सुरुवातमा रोनाल्डोलाई साउदी अर्को क्लब अल हिलालले तीन सय पाँच मिलियन पाउन्डमा लिने बताएको थियो ।

रोनाल्डोले युनाइटेडमा तीन सय ४६ खेल खेल्दा एक सय ४५ गोलगरेका छन् । युभेन्ट्स जोडेपछि सन् २०२१ अगस्टमा रोनाल्डो युनाइटेड आएका थिए । ११वर्ष अघि रोनाल्डो युनाइटेड छाड्दै रियल मड्रिड पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *