इल्चेमाथि एट्लेटिकोको जित

Read Time = 2 mins

मड्रिड । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा इल्चेमाथि २-० को सहज जित हात पारेको हो । वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्स र अल्भारो मोराटाले एक-एक गोल गर्नुभयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोन्जालो भेर्डुले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो । यस्तै ५३औं मिनेटमा मारियो हर्माेसो तीन मिनेटको अन्तरमा दुई पहेंलो कार्ड खाँदै मैदान छोड्नुपर्‍यो ।

ADVERTISEMENT

त्यसपछि ५६औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाउनुभयो । ७४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २-० ले अघि बढाउनुभयो । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो । यस जितसँगै एट्लेटिको १५ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल सोसिडाडको २६ अंक छ । पराजित इल्चे ४ अंक जोडेर पुछारमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *