गण्डकी प्रदेश सभाका सांसदहरूको शपथ ग्रहण आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पोखरा। गण्डकी प्रदेशका सांसदहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रदेश सचिवालयका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण हुनेछ।

मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित सांसदहरूलाई प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ ग्रहण गराउँदै हुनुहुन्छ ।

ADVERTISEMENT

पर्वत प्रदेश सभा २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित ६५ वर्षीय बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाको दुई र एकीकृत समाजवादीका एक जना सांसद रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?