पोखरा। गण्डकी प्रदेशका सांसदहरूले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । प्रदेश सचिवालयका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण हुनेछ।
मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित सांसदहरूलाई प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सपथ ग्रहण गराउँदै हुनुहुन्छ ।
पर्वत प्रदेश सभा २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित ६५ वर्षीय बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाको दुई र एकीकृत समाजवादीका एक जना सांसद रहेका छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts